सोमबारदेखि ४–५ दिन भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह


टुडेखोज, जनकपुरधाम : सोमबारदेखि अगामी शुक्रबारसम्म देशभर भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आइतवार साँझ ७ बजे सूचना जारी गरेर अगामी ४–५ दिन भारी वर्षा हुने जानकारी दिएका हुन् । उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने सुचनामा उल्लेख छ ।

सुचनामा भनिएको छ, ‘नेपालको धेरै स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा तथा केहि स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ ।’ हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अपिल गरेको छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार २१:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ