प्रदेश २ मा सोमबार कहाँ कति कोरोना संक्रमित थपिए ? हेर्नुस् विवरण


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा सोमवार १८ जना महिलासहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १३ हजार २२ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका निमित्त निर्देशक विजय कुमार झाका अनुसार पछिल्लो २४ घण्टामा महोत्तरीमा १४, रौतहटमा २६, सर्लाहीमा ७, बारामा १, पर्सामा १ र सप्तरीमा २४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै २ वीरगन्जमा भएको कोरोना परीक्षणमा दुई भारतीय नागरिक समेत संक्रमित भेटिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामै ४३ पुरुष र ६ महिला कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म ७ हजार ९३ जना कोरोना जितेर घर फर्किसकेका छन् । जसमध्ये ८१० महिला छन् ।

पछिल्लो २४ घण्टामै यस प्रदेशको सप्तरीमा २ जनाको कोरोनाबाट ज्यान गएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका ४ की ६२ वर्षीया महिला र विष्णुपुर गाउँपालिका १ पर्साहीका ५५ वर्षीय पुरुषको कोरोनाकै कारण ज्यान गएको मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदेश २ मा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२२ पुगेको छ । जसमध्ये १९ जना महिला रहेकी छन् ।

प्रकाशित : २०७७ आश्विन ५, सोमबार १८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ