पछिल्लो २४ घण्टामा मंगलवार थपिए १३ सय ५६ कोरोना संक्रमित


टुडेखोज, काठमाडौं : पहिल्लो २४ घण्टामै मंगलवार १३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । हाल देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८२३ जना कोरोनामुक्त भएका छन् । योसँगै ४८ हजार ६१ जना कोराना जितेर घर फर्केको मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ७२ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा मृतक थप २ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म मृतक ४२९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित : २०७७ आश्विन ६, मंगलवार १६:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ