आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरियो


टुडेखोज, जनकपुरधाम : सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको आसन्न निर्वाचन स्थगित गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले कोरोनाको महामारीमा निर्वाचन गर्न उपयुक्त नभएको भन्दै ट्रेड युनियनको आसन्न निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

युनियनको निर्वाचन असोज २४ गते गर्ने तय भएको थियो । तर सरकारले निर्वाचनका लागि उचित समयमा मिति तोक्ने गरी हालका लागि स्थगित गरिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई पत्र पठाउँदै निर्वाचन स्थगित गर्न माग गरेका थिए ।

https://todaykhoj.com/todaykhoj2/20053
प्रकाशित : २०७७ आश्विन ६, मंगलवार १७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ