विद्यार्थी भर्ना एक हप्ताभित्र सम्पन्न गर्न मन्त्रालयको निर्देशन


काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको भर्ना एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले तयार पारेको विद्यालय शिक्षा सम्बन्धी आकम्मिक कार्ययोजनामा विद्यालय भर्ना हुन बाँकी र स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो सातासम्म भर्ना भइसक्नुपर्ने उल्लेख छ ।

कार्ययोजना अनुसार असोज पहिलो साताभित्र शिक्षकहरू कार्यस्थलमा पुगिसक्नुपर्ने, शिक्षक घरदैलो कार्यक्रम सञ्चालन गर्नुपर्ने र असोज दोस्रो साताभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्नुपर्नेछ ।

निजी तथा संस्थागत विद्यालयहरूले लिने शूल्क पनि असोज दोस्रो सातासम्म पुनरावलोकन गरिसक्नुपर्ने कार्ययोजना बनेको छ ।

विद्यालयहरूले आगामी एकहप्ताभित्र सम्बन्धित पालिकाहरूबाट आफूले लिने शूल्क स्वीकृत गराउनुपर्ने बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार १५:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ