सिराहाका कोरोना संक्रमित ५० वर्षीय पुरुषको ज्यान गयो


टुडेखोज, जनकपुरधाम : सिरहाका एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिराहाको औरही गाउँपालिका ३ का ५० वर्षीय पुरुषको ज्यान गएको हो । उपचार चलिरहेकै क्रममा मंगलबार राति १२ बजेर ४५ मिनेटमा उनको ज्यान गएको अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिए ।

मस्तिष्क घातका साथै टाउको दुख्ने, उल्टी आउने जस्ता समस्या देखिएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । तर त्यहाँ कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार १६:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ