कोरोनाका सक्रिय संक्रमित २५ हजार पुगे फेरि लकडाउन !


काठमाडौं : कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २५ हजार पुगे फेरि लकडाउन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने बताए । सक्रिय संक्रमित संख्या २५ हजार बढी पुगे स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने उनको भनाई छ ।

बुधबारसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ पुगेको छ ।मन्त्रालयले संक्रमणको जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गर्ने भएको छ ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार १७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ