खोलामा आएको बाढीले विद्युतको गाडी बगायो, १ को मृत्यु, २ बेपत्ता


कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिका ४ स्थित कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको जिप नै बगाएको छ ।

बुधवार दिउँसो ४ बजे बा १ ञ १०८९ नम्बरको जिप बाढीले बगाएपछि एक जनाको मृत्यू भएको छ भने दुई जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका उपल्लो तम्घास घर भएका विद्युत् प्राधिकरणका सवारी चालक माधव पाण्डे छन् ।

प्राधिकरण जीतपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एकजना बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । जिपमा ४ कर्मचारी र २ सर्वसाधारण चढेका थिए ।

२ कर्मचारी र १ सर्वसाधारण भाग्‍न सफल भएका छन् । अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले खोजी जारी राखेका छन् ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार १९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ