सरकारले भन्यो- चीनले हुम्लामा नेपाली जग्गा अतिक्रमण गरेकै छैन


काठमाडौं : चीनले हुम्लामा नेपाली जग्गा अतिक्रमण नगरेको सरकारले दावी गरेको छ । बुधवार परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गर्दै चीनले नेपाली जग्गा अतिक्रमण नगरेको दावी गरे ।

चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको खबर सार्वजनिक भएको छ । तर मन्त्री ज्ञवालीले भने, ‘यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभाग लगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरे । बनेका घरहरू नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको भनेर प्रतिवेदन दिइएको रहेछ ।’

अहिले त्यही ठाउँमा थप भवन बनेको पाइएको भन्दै उनले नेपाल चीनबीच सीमा समस्या नभएको दावी गरे । उनले उक्त विषयमा समाचार लेख्नुअघि मन्त्रालयको आधिकारिक धारणा लिन सञ्चारकर्मीसँग आग्रह समेत गरे ।

तर नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने भन्छन्, ‘२०६६ सालमा पनि सोही ठाउँमा चिनियाँ पक्षले तीनवटा भवन निर्माण गरेको थियो । पछि बिरोध भएपछि निर्माण कार्य रोकिएको थियो । अहिले फेरी भवन बननाउँदैछ ।’

https://todaykhoj.com/todaykhoj1/20196
https://todaykhoj.com/todaykhoj1/20199
प्रकाशित : २०७७ आश्विन ७, बुधबार २०:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ