जनकपुरमा रातिदेखि नै वर्षा जारी, यी प्रदेशमा भारी वर्षा !


टुडेखोज, जनकपुरधाम : जनकपुरमा रातिदेखि नै वर्षा भइरहेको छ । वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । बजार सुनसान देखिएको छ । मानिसहरुको आवतजावत गरिरहेका छैन ।

बुधवार पनि एकाविहानैदेखि वर्षा भएको थियो । बुधवारभन्दा आज भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भागमा शनिवारसम्म वर्षा कायम रहने छ । त्यसपपछि भने क्रमिक रुपमा सुधार हुँदै जानेछ ।

आज सबै प्रदेशका थोरै थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको र बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका केही स्थानरमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

धेरै भारी वर्षाको सम्भवना रहेका स्थानहरुका नदीको पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ ।

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार ०८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ