सप्तरीमा कोरोनाबाट सिडिओकै भान्सेको ज्यान गयो


टुडेखोज, सप्तरी : कोरोना भाइरसको संक्रमणबाट सप्तरीका सिडिओकै भान्सेको ज्यान गएको छ ।

कोरोनाबाट जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय पुरुषको आज बिहान करिब ५ बजे ज्यान गएको हो । कार्यालय सहयोगीको रुपमा कार्यरत उनी सिडिओको भान्सा समेत पकाउने गरेका थिए ।

गत ३१ भदौमा कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । प्रशासकीय अधिकृत आनन्द ठाकुरले स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको बताएका छन् ।

सप्तरीमा कोरोनाबाट हालसम्म १२ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ