सरकारले तोक्यो ट्रेड युनियन निर्वाचनको नयाँ मिती


काठमाडौं : सरकारले निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन निर्वाचनको नयाँ मिती तोकेको छ ।

अब आगामी मंसिर २७ मा निर्वाचन गर्ने निर्णय सरकारले गरेको हो । यसअघि, २४ असोजमा गर्ने भनिएको निर्वाचन अन्तिम समय आएर स्थगित गरिएको थियो ।

मन्त्रिपरिषद् बैठकले २०७८ वैशाससम्म ट्रेड युनियनको म्याद थप्ने निर्णय गरेको थियो । तर, कानुनी अड्चन आएको भन्दै सरकारले निर्णय सच्याउँदै २७ मंसिरमा निर्वाचन तय गरेको बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार १०:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ