अभिनेत्री पुनम पाण्डेले पतिविरुद्ध प्रहरीमा दिइन् उजुरी !


विवाह गरेको छोटो समयमै बलिउडकी अभिनेत्री तथा मोडल पुनम पाण्डे आफ्ना श्रीमानबाट कुटिएको खबर जीन्युजले लेखेको छ ।

प्रेमी साम बम्बेसँग गुपचुप विवाह गरेकी पुनम र पतिबीच विवाद भएको खबर सार्वजनिक गरेको हो । विवाह गरेको करिब दुई हप्ता नबित्दै पुनमले पतिविरुद्ध कुटपिटको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

दक्षिण गोवाको कैनाकोना गाउँमा सुटिङको क्रममा आफूमाथि पतिले कुटपिट गरेको र अझै गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको पुनमले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

मंगलबार नै प्रहरीले पुनमका पतिलाई गिरफ्तार गरिसकेको बताइएको छ । तर पुनमले लगाएको आरोप प्रमाणित हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार १५:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ