सांसद महतोद्वारा जनकपुरधाम उपमहानगरलाई २ पानी ट्याङकर प्रदान


बिपिन यादव, जनकपुरधाम : जनता समाजवादी पार्टीका संघीय सांसद राजेन्द्र महतोले जनकपुरधाम उपमहानगरलाई दुई पानी ट्याङ्कर प्रदान गरेका छन् ।

धनुषा क्षेत्र ३ बाट निर्वाचित सांसद महतोले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट पानी ट्याङ्कर खरिद गरी जनकपुरधाम उपमहानगरलाई प्रदान गरेका हुन् । ‘सुन्दर जनकपुरधाम’ नारालाई सार्थकता बनाउने उदेश्यले पानी ट्याङकर प्रदान गरिएको सांसद महतोका स्वकिय सचिव किशोर गुरुले जानकारी दिए ।

उनका अनुसार जनकपुरधाम एउटा सांस्कृतिक सहर भएकोले याँहा विभिन्न समयमा मेला, परिक्रमा लाग्ने गर्छ l उक्त मेलाहरु र सडकमा जमेको धुलो सफा गर्न, आगो निभाउने दमकलको ब्याकअपको रुपमा प्रयोग गर्ने उदेश्यले ट्याङ्कर प्रदान गरिएको छ ।

ट्याङ्कर खरिदमा जनकपुरधाम उपमहानगरले पनि लगानीमा गरेको बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार २०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ