सिरहा, २६ भदौं । जिल्ला अदालत सिराहाका सवारी चालक घुससहित रङ्गेहात पक्राउ परेका छ्न् । एक सेवाग्राहीबाट १ लाख १० हजार घुससहित अदालतका सवारी चालक बृजमोहन यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
सिराहा सदरमुकामको खड्गा होटलमा घुस लिने बितिकै सवारी चालक यादवलाई अख्तियार बर्दिबासबाट आएको टोलीले पक्राउ गरेको थियो । उनलाई आवश्यक कारवाहीका लागि बर्दिबास लगिएको छ ।
केहिदिन अगाडी मात्र सिरहा विधुतका एक कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो ।