विराट कोहलीलाई १२ लाख जरिवाना गरियो, यस्तो छ कारण


काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा स्लो ओभर रेटमा बलिङ गरेको अभियोगमा   कोहलीलाई १२ लाख जरिवाना गरिएको हो । यस सिजनमा स्लो ओभर रेटका कारण कुनै कप्तानलाई जरिवाना गरिएको यो पहिलो पटक हो ।

सो खेलमा बैंगलोर पञ्जाबसँग ९७ रनले पराजित भएको थियो । पञ्जाबका कप्तान केएल राहुलले १३२ रनको शानादार पाली खेलेका थिए ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार १०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ