सप्तरीका एक कोरोना संक्रमितको धरानमा ज्यान गयो


टुडेखोज, जनकपुरधाम : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक कोरोना संक्रमितको ज्यान गएको छ ।

सप्तरीको राजविराज ३ का ७० वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको हो । ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण देखिएपछि उनी गजेन्द्र नारायणसिंह अस्पताल राजविराज भर्ना भएका थिए ।

अस्पतालमै भदौं २५ गते कोरोना पुष्टिभएपछि उनलाई वीपी प्रतिष्ठानमा रेफर गरिएको थियो ।

भदौ २८ गते राति वीपी प्रतिष्ठानमा भर्ना भएका उनको असोज ८ गते राति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी निदेश सापकोटाले जानकारी दिए ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार १७:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ