सिरहा : कारागारपछि सेना ब्यारेक बन्दै कोरोनाको ‘हट स्पट’


टुडेखोज, जनकपुरधाम : सिरहा कारागारपछि अब चोहर्वास्थित नेपाली सेनाको ब्यारेक कोरोना संक्रमणको ‘हट स्पट’ बन्न लागेको छ ।

शुक्रवार सिरहामा ९ जनामा कोरोना पुष्टि भयो । जसमध्ये ८ जना शेर गण चोहर्वा ब्यारेककै छन् । संक्रमितहरु सबै पुरुष छन् । उनीहरु २१ देखि ४० वर्ष उमेर समुहको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसअघि पनि कतिपय सेना कोरोना संक्रमित भेटिएका थिए । आज एकैदिन ८ जनामा कोरोना पुष्टि भएपछि ब्यारेकभित्र त्रास बढेको छ ।

सिरहा कारागरा भने यतिबेला आइसोलेसन सेन्टरमा परिणत भएका छन् । झण्डै ६ सय कैदीबन्दी कारागारमा छन् । जसमध्ये ५ सय ७ जनामा कोरोना पुष्टि भइसकेको छ । उनीहरुलाई कारागारमै राखिएको छ ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार १९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ