यि फूलसरी, सबैको प्रिय !


सिम्रौनगढ : बाराको सिम्रौनगढमा कुनै बेला बाँदरको झुन्ड हुने गर्दथ्यो । तर अहिले ती सबै बाँदर मरिसकेका छन् । एउटी बाँदर्नी जिउँदो छिन् जसको नाम हो– फूलसरी ।

प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढमा अहिले बाँचेकी फूलसरीलाई माया नगर्ने कोही छैन । एउटा मात्र बाँदर बाँचेकोले सबैको मायाको पात्र बनेकी हुन् । फूलसरी सिम्रौनगढका सबै खाले पसलमा घुम्छिन् । सबैले गच्छे अनुसार उनलाई आहारा दिन्छन् ।

बिहान चिया पसलमा भेटिने फूलसरी बेलुकीको जाँडरक्सी पसल पनि पुग्छिन् । पसल चहार्ने फूलसरी मानिस र जनावरसँग निकै सामीप्यता राखेको देखिन्छ । यसको साथै उनले बिरालोको बच्चालाई औधी माया गर्छिन् ।

सिम्रौनगढका रामप्रसाद शर्माले फूलसरीको बच्चा नभएकोले बिरालोको बच्चालाई माया गर्ने गरेको बताए । बूढी बाँदर्नी फूलसरीले विरालोको बच्चालाई माया गरेको देखेर यहाँका मानिसहरू पनि आश्चर्य व्यक्त गर्छन् ।

एक पटक एउटा बिरालोको बच्चा मरेपछि पनि उनले माया गर्न छाडेको थिइनन् । बच्चा मरेको उनले चालै पाइनन् । पछि बल्लतल्ल बिरालोको बच्चा मरेको उनलाई स्थानीयले अनुभूति गराएपछि मृत बिरालोलाई उनले बोक्न छाडेकी थिइन् ।

  • प्रतिक दैनिकबाट
प्रकाशित : २०७७ आश्विन १०, शनिबार १२:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ