असहाय संरक्षण मञ्चद्वारा फेरी १०१ अति विपन्नलाई राहत सहयोग


कुलदिप प्रेम, जनकपुरधाम : असहाय संरक्षण मञ्च जनकपुरले शनिवार पुनः सामाजिक दुरी कायम गरी विपन्न तथा गरिबलाई राहत वितरण गरेको छ ।

जनकचोकमा आयोजित एक समारोहबीच मञ्चका अध्यक्ष वैद्यनाथ साहले १०१ अति विपन्नलाई खाद्यन्न सामाग्री वितरण गरेका हुन् । चावल, दाल, भुजिया (मुरही), पिठो, नूनसहितका दश किसिमका खाद्यान्न सामाग्रीहरु अति विपन्नलाई वितरण गरिएको छ ।

यसअघि वर्षाको कारण आएको बाढीबाट जनकपुरधामकै केही वडाहरु डुबानमा परेपछि समस्यामा परेका गरीब, तथा असहायहलाई समेत असहाय संरक्षण मञ्चले त्रिपाल तथा खाद्यन्न सहयोग गरेको थियो ।

कोरोनाका कारण सरकारले लकडाउन गरेपछि समस्यामा परेका अति विपन्न परिवारलाई निरन्तर खाद्यान्न सामग्री सहयोग गरिदै आएका मञ्चका अध्यक्ष साहले जानकारी दिए ।

प्रकाशित : २०७७ आश्विन १०, शनिबार १२:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ