प्रधानमन्त्री ओलीकै निजी चिकित्सक शाहमा पनि कोरोना पुष्टि


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीनसमेत रहेकी शाहमा शनिबार कोरोना पुष्टि भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गराएपछि कोरोना पुष्टि भएको बताइएको छ ।

डा. शाहले कोरोना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेको जानकारी दिइन् । उनले लामो समयदेखि आफूले प्रधानमन्त्री ओलीसँग भेटघाट नगरेको पनि बताइन् । आफुसँग भेटेका सबैलाई जानकारी गराइसकेको उनको भनाई छ ।

प्रकाशित : २०७७ आश्विन १०, शनिबार १५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ