शनिबार १२ सय ७ जनामा कोरोना पुष्टि, ८ जनाको ज्यान गयो


काठमाडौं : पछिल्लो २४ घण्टामा शनिबार थप १२ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको दर ७३.८ प्रतिशत रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामै कोरोनाबाट थप ८ जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट हालसम्म ४६७ जनाको ज्यान गइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १०, शनिबार १६:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ