समाजसेवी मण्डलले गराए औरही ५ मा रोड लाइट जडान


सिबेन्द्र रोहिता, जनकपुरधाम :

धनुषाको औरही गाउँपालिका ५ मा समाजसेवी तथा जनता समाजवादी पार्टीका युवा नेता सरोज कुमार मण्डलले दुई थान रोड लाइट जडान गरिदिएका छन् ।

मण्डलले औरही गाउँपालिका ५ स्थित भैरव चोक र हरुसाहाको थाना चोकमा एक÷एक गरी दुई सडक लाइट जडान गरिदिएका हुन् । करिब ४ लाख रुपैयाँको आफ्नै लगाउनीमा मण्डलले लाइट जडान गराएपछि स्थानीय खुःशी भएका छन् ।

गाउँमा जनप्रतिनधि निर्वाचित भएको ३ वर्ष वितिसक्दा पनि लाइट जडान गराउन सकेनन् । तर समाजसेवी मण्डलले लाइट जडान गरिदिएपछि गाउँमा उनको जताततै चर्चा भइरहेको छ । लाइट जडान भएपछि अँध्यारो रहने बजार झिलमिल बनेको छ ।

समाजसेवी मण्डलले यसअघि कैयौं अतिविपन्नलाई राहत वितरण गरेका छन् ।

प्रकाशित : २०७७ आश्विन १०, शनिबार १७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ