इन्सपेक्टर पौडेललाई प्रेस क्लब ऑफ कृष्णनगरद्वारा सम्मानसहित बिदाई


टुडेखोज, कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रताप पौडेललाई प्रेस क्लब ऑफ कृष्णनगरले सम्मानसहित बिदाई गरेको छ ।

करिब १६ महिनादेखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही  क्षेत्रमा शान्ति सुरक्षासंगै कोरोना भाइरस महामारीको नियन्त्रणमा देखाएको सक्रियता सराहनीय रहेको प्रेस क्लब ऑफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तवले बताए । कृष्णनगर बसाई पश्चात ‘मुस्ताङ’ जिल्लालाई आफ्नो कर्मथालो बनाएका प्रहरी निरीक्षक पौडेललाई उनले सफल कार्यकालको शुभकामना समेत दिए ।

बिदाई समारोहमा बोल्दै प्रहरी निरीक्षक पौडेलले कृष्णनगर क्षेत्रमा करिब १६ महिनादेखि जनताहरूको सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले आफूलाई सम्मानसहित बिदाई गरेकोमा प्रेस क्लब ऑफ कृष्णनगरलाई विशेष धन्यबाद दिए  l

ईलाका प्रहरी कार्यालय कृष्णनगर कार्यालय प्रमुखको रूपमा कार्यरत रहदा यही असोज ७ गते ३७ केजी लागुऔषध चरेससहित २ जनालाई पक्राउ गर्न सफल र आफ्नो माताहत क्षेत्रमा शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, अवैध चोरी तथा तस्करी नियन्त्रण र विश्वमा महामारी रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण उनको ठुलो योगदान रहेको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनलाई प्रशंसा पत्रसहित नगद पुरस्कार समेत प्रदान गरेको छ l बिदाई समारोहमा प्रेस क्लब ऑफ कृष्णनगरका प्रतिमा विश्वकर्मा, प्रिंस मिश्र, रमा शंकर तिवारी, कमलेश चन्द्र गुप्ता, अजय मिश्र लगायतको उपस्थित रहेको थियो l

प्रकाशित : २०७७ आश्विन १०, शनिबार २१:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ