प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको हो ।

सामान्यतयाः मन्त्रिपरिषद बैठक सोमबार बस्छ । तर आज प्रधानमन्त्रीले आकस्मिक रुपमा बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन । त्यसमा पनि राति नै खबर आएको छ । प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला ।

गत आइतबार नेकपा सचिवालयमा मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा छलफल भएकाले आजको बैठकमा यही विषयमा छलफल हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित : २०७७ आश्विन ११, आईतवार ०९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ