कक्षा ११ को परीक्षा असोज २५ गतेदेखि हुने ! हेर्नुस् सुचना


टुडेखोज, मोरङ : विराटनगर महानगरपालिकाले असोज २५ गतेबाट कक्षा ११ को परीक्षा लिने भएको छ । महानगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चालन गर्ने भन्दै तालिका सार्वजनिक गरेको हो ।

महानगरका शिक्षा प्रमुख  दुर्गाप्रसाद खतिवडाले सरकारको नीति अनुसार नै परीक्षा तालिका सार्वजनिक गरिएको जानकारी दिए । उनले भने, ‘विद्यालयहरुले महानगरलाई तालिका निकाल्न भनेपछि सबैसँग छलफल गरेर तालिका सार्वजनिक गरेका छौं ।’

उनका अनुसार प्रदेश बोर्ड, जिल्ला समन्वय समिति, शिक्षा क्षेत्रसँग सम्बन्धित संघ संस्था र विद्यालयकै सहमतिमा परीक्षा लिने निर्णय भएको छ ।

प्रकाशित : २०७७ आश्विन ११, आईतवार ०९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ