कम्युनिष्टहरुको यर्थात चरित्र


  • संजय चौधरी

कम्युनिष्टहरुको राजनीतिक मन्त्र नै सम्यवादी सुन्दर तथा भेदभाव रहित समाजको वैज्ञानिक निर्माण गर्नु हो । उनीहरुको चरित्र भनेको वर्गीय चरित्रलाई आत्मसात गर्नु हो । तर सिद्धान्त अनुसारको वर्गीय आचरण देखिदैन । सामन्ती आचरण तथा प्रबृत्ति एवं रवाफको घोर भत्र्सना गर्नु आधुनिक कम्युनिष्टहरु अचेल आफै सामन्ती आचरण, रवाफ, प्रबृतिलाई आत्मसात गरी मच्छर जस्तै भ्रष्टाचारमा चुर्लुम्म डुवेर तानाशाही रवाफमा गरीब दलितहरुको रगत चुसेर छात्तीमा लात हानी शाही रजाई गरिरहेका छन् ।

हाती जस्तै बाहिरको कम्युनिष्ट रुपी दाँत देखाई भित्रको सामन्ती दाँतले चपाउन र गरीव जनताहरुको भविष्यलाई बर्बाद गर्नु उनीहरुको दिनचर्या बनिसकेको पाइन्छ । यो नेपालमा कम्युनिष्ट सरकारको कालो कर्तुत र गरीव जनताहरुको लागि विडम्वना नै हो । भाषणमा कम्युनिष्ट नेताहरुले गरीव जनताहरुलाई हक– अधिकार र सम्यवादी समाज निर्माणको ललिपप देखाएर निर्वाचनमा भोट तान्छन् ।

सोझा– सीधा जनताहरुको दिवास्वप्न देख्न थाल्छन् र त्यसकै आधारमा भोट पनि दिन्छन् । कम्युनिष्टको झण्डै दुई तिहाई बहुमतको सरकार पनि बन्छ । तर जनताले देखेको शिक्षामा सामान्त लगायतको सम्यवादी समाज निर्माणको सपना कल्पनामै तुहिएको पाइन्छ । उता कम्युनिष्ट नेताहरु कम्युनिष्ट संस्कारलाई छाडेर शाही सामन्ती संस्कारमा मोज मस्ती गरिरहेका छन् ।

कम्युनिष्ट सरकारको शिक्षा खास गरेर सार्वजनिक शिक्षालाई क्यान्सर लागेर लथालिङ अवस्थामा रहेको देखिन्छ । हाम्रो कम्युनिष्ट सरकारको दुई किसिमको वर्गीय शिक्षा रहेको छ । निमुखा गरीब जनताहरुका लागि सार्वजनिक शिक्षा र सामन्तीहरुका लागि उत्कृष्ट शिक्षा । नपालमा दुई किसिमको पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक र शैक्षिक वातावरण देखिन्छ ।

सम्यवादी शिक्षाको नारालाई दुई वर्गीय शिक्षाको स्थापना गर्नु गरीब दलित, निमुखा जनताहरुको भविष्यमाथिको घातक प्रहार हो । आज यो घातक प्रहारबाट सबै गरीब दलितहरुको वालबालिकाहरुको भविष्य वर्वाद भएको देखिन्छ । आज दुई थरीको शिक्षा रहेकै कारणले शिक्षक सेवा आयोग र लोक सेवा आयोगको परीक्षामा अपवादमा पनि गरीबका वालबालिकाहरुले नाम निकाल्न सकिरहेका छैन ।

धनी वर्गको छोरा–छोरीले मात्र नाम निकाल्न सफल भएको पाइन्छ । यो कम्युनिष्टहरुको गरीबमाथि गरेको शैक्षिक घातक प्रहार हो । गरिबमाथि गरेको भेदभाव हो । जबसम्म यसको जनताहरुको बीचमा भण्डाफोर हुँदैन, तबसम्म यी बहुरुपीया कम्युनिष्ट नेताहरुको तह लाग्न सक्दैन ।

प्रकाशित : 27 September 2020 11:37 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !