पर्यटन दिवस : जानकी मन्दिरमा राज्यमन्त्री मण्डलद्वारा सरसफाई र बृक्षारोपन


टुडेखोज, जनकपुरधाम : विश्व पर्यटन दिवसको अवसरमा जनकपुरको जानकी मन्दिर परिसरमा सरसफाई तथा बृक्षारोपन गरिएको छ ।

भिजिट मधेस धनुषाले आयोजना गरेको कार्यक्रममा प्रदेश २ मा उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल समेत सहभागीता जनाए । राज्यमन्त्री मण्डलले झाडु लिएर मन्दिर परिसर सरसफाई गरे । उनी मन्दिर परिसरमै सामुहिक रुपमा बृक्षारोपन समेत गरेको आयोजक भिजिट मधेसका धनुषा अध्यक्ष ओमप्रकाश साहले जानकारी दिए ।

राज्यमन्त्री मण्डलले प्रदेश २ का एक सय गौरबको योजना चयन गरेर पर्यटन प्रबद्र्धनको काम अगाडी बढाएको बताए । जानकी मन्दिर, सखडा, गढीमाई, कंकालिनी, सलहेस, सिम्रौनगढ जस्ता पर्यटकीय स्थलहरुलाई गौरबको योजनाको रुपमा चयन गरी काम अगाडी बढाएको उनको भनाई छ ।

उनले भने, ‘अगामी २/३ वर्षपछि कोही प्रदेश २ मा आएमा कहाँ कहाँ घुम्नुपर्छ भन्ने कुरा पत्ता लगाउँछन् ।’ अहिले प्रविधिको युग भएकाले यहाँका पर्यटकीय स्थलहरुको प्रचार–प्रचार पनि डिजिट तरिकाले हुनुपर्ने बताए ।

प्रकाशित : २०७७ आश्विन ११, आईतवार १३:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ