प्रदेश २ को नीति तथा योजना आयोगद्वारा वार्षिक प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण


टुडेखोज, जनकपुरधाम : प्रदेश २ को नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् । आयोगले गत आर्थिक वर्षमा गरेको कामहरुको विवरण समेटेर ४२ पृष्टको प्रतिवेदन तयार पारेको छ ।

आयोगले आफनो प्रतिवेदनमा गत आर्थिक वर्षको उपलब्धीहरुमा प्रदेश सरकारको नीति तथा कार्यक्रम, विषयगत मन्त्रालयको बजेट सिमा निर्धारण र मार्ग दर्शन, मध्यकालिन खर्च संरचना समेटेको छ ।

यस्तै प्रदेशको प्रथम आवधिक योजना, दीगो विकासको लक्ष्यहरुको मार्गचित्र, प्रदेशको जानसाँख्यीक स्थिति विवरण, प्रदेशको प्रोफाइल निर्माण, प्रदेश अनुगमन, तथा मुल्यांकन दीग्दर्शन, प्रदेश योजना तथा कार्यक्रम दीग्दर्शन निर्माण लगायतका विषय पनि प्रतिवेदनमा राखेका छन् ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, आयोगका उपसचिव ठुलोबाबु दहाललगायतको उपस्थिति समेत रहेको थियो ।

प्रकाशित : २०७७ आश्विन ११, आईतवार १५:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ