बारामा दुर्घटना : एक वर्षको छोरासँगै आमा–बुवाको ज्यान गयो


टुडेखोज, जनकपुरधाम : बाराको निजगढ–पथलैया सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एक वर्षीय बच्चासहित एकै परिवारका ३ जनाको ज्यान गएको छ ।

दुर्घटनामा निजगढ १० का २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योति र १ वर्षका छोराको ज्यान गएको हो । पथलैयाबाट निजगढतर्फ गइरहेको प्रदेश २–०००४ प ४४४२ नम्बरको स्कुटरलाई ना. ४ ख. ७२४४ नम्बरको बसले ठक्कर दिँदा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार मृतक तीनै जना स्कुटरमा सवार थिए । शव पोस्टमार्टमका लागि कलैया अस्पताल लगिएको छ । बसका चालक भने फरार भएका छन् ।

प्रकाशित : २०७७ आश्विन ११, आईतवार १९:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ