सप्तरीमा आगलागी : यसरी जलेर बर्बाद भयो ६६ हजार २ सय रुपैयाँ


राजविराज, २६ भदौ । राजविराज नगरपालिका वडा नं. ७ स्थित एक घरमा बिहीबार आगलागी हुदा नगद ६६ हजार २ सय नगद जल्नुका साथै लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. १ जमुनी निवासी सुरेश यादवको राजविराज ७ स्थित घरमा आगलागि हुदा नगदसहित करिब पाँच लाख मुल्य बराबरको क्षति भएको पीडितले जनाएका छन् ।

सोही घरमा डेरा लिएर बस्दै आएका कैलालीको नारायणपुर गाउपालिका वडा न. ७ का सोवन परियारको समेत नगद र विभिन्न सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

परियारको कोठामा रहेको फ्रिजको तार सर्ट भई आगलागी हुँदा कोठामा भएको लत्ताकपडा र नगद एक हजारको ४१ थान, पाँच सयको नोट ४० थान, एक सयको नोट ४४ थान र ५० को नोट १६ थान गरि ६६ हजार २ सय जलेको प्रहरीले जनाएको छ ।

यता आगोमा कुनै मानविय क्षति नभएको तथा स्थानियबासी र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित : २०७६ भाद्र २६, बिहीबार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ