आज कस्तो रहला मौसम ?


टुडेखोज, काठमाडौं : देशभर सोमबारको मौसममा सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा मौसम सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने महाशाखाको अनुमान छ । यसबाहेकका अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ ।

सोमबार राति प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले बिहानीपख देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । भारतको पूर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेको बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन १२, सोमबार ०९:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ