भुलेर पनि प्रयोग नगर्नुस् यस्ता स्यानिटाइजर, हेर्नुस् सरकारको सूचना


टुडेखोज, काठमाडौं : औषधि व्यवस्था विभागले विषाक्त रसायन मिसाएका थप ९ कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ ।

आज सूचना जारी गरेर विभागले ती कम्पनीका स्यानिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक्न लगाएको हो । बजारमा रहेका ह्याण्ड स्यानिटाइजरहरुको नमुना संकलन गरी परिक्षण गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने रसायन मिसाएको पाइएकाले प्रतिबन्ध लगाएको छ ।

रसायन मिसाएको स्यानिटाइजर प्रयोग नगर्न तथा नगराउन विभागले अनुरोध समेत गरेको छ । विभागले हर्बल एण्ड रब, कुम ह्यान्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर र कुमकुम इन्स्टान्टका स्यानिटाइजर, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर जेल, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर ओर्जिनल, साधना इन्स्टान्ट, ड्रोनी एलो कलर र ड्रोनी कलरलेस स्यानिटाइनरमा प्रतिबन्ध लगाएको छ ।

कोरोना महामारीपछि ह्याण्ड स्यानिटाइजरको प्रयोग बढ्दै जाँदा विषाक्त रसायन मिसाएर उत्पादन गर्ने क्रम बढेको छ । विभागले यसअघि पनि ९ कम्पनीका स्यानिटाइजरमाथि प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित : २०७७ आश्विन १२, सोमबार ०९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ