मगही भाषाको ‘हमरा ओठ परसे तोहर नाम नै जाइय’ गित सार्वजनिक !


टुडेखोज, जनकपुरधाम : मगही भाषाको ‘हमरा ओठ परसे तोहर नाम नै जाइय’ भन्ने बोलको गित आज सार्वजनिक हुन लागेको छ ।

मगही भाषा अभियानी बिजय कुमार दासको स्वरमा अडियो गीत अनुप काला युट्युव च्यानलबाट सार्वाजानिक हुन लागेको छ । गीत बिजय कुमार दासले लेखेका छन् । संगीत भने अमरेन्द्र महतोले दिएका छन् ।

यस मगही भाषा गीतमा संगीत पनि दासले नै दिएको बताइएको छ । गीतको म्युजिक बनाउनमा देबान्नद सिंहको सहयोग छ । मगही भाषा प्राचीन भाषा भएतापनि संगीत क्षेत्रमा पछाडी परेको देखिन्छ ।

मगही भाषा गीतमा प्रेम स्नेह र पीडाको वर्णन गरिएको छ । अडियो सार्वजनिक हुनुका साथ भिडियो पनि बजारमा चाडै आउने छ ।

प्रकाशित : २०७७ आश्विन १२, सोमबार १७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ