जनकपुरका व्यवसायीको मनपरी, म्याद गुज्रेको समान बिक्री


टुडेखोज, जनकपुरधाम । जनकपुरधाममा चाड पर्वलक्षित बजार अनुगमन गत आइतबारदेखि नै सुरु भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सोही दिन जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित जयप्रकास साहले सञ्चालन गरेको लक्ष्मी ड्रिकिङ पानी उद्योगमा कमजोरी पाएपछि तत्काल पानी बजारमा विक्रि वितरण नगर्न निर्देशन दिए । तर, कार्यालयको निदर्देशनलाई अटेरी गर्दै उद्योगले सोमबार नै श्री राम लक्ष्मी एण्ड स्वीट्समा सात कार्टुन पानी विक्रि गरेको पाइएको छ ।

सोमबार भएको अनुगमनमा स्वीट्सका सञ्चालक रवि कुमार गुप्ताले सोमबार नै उद्योगले पानी पठाएको बताए । उद्योगले बजारमा पठाएको पानीमा लेवल विवरण अपूर्ण रहेको, पानीको बोतलमा उत्पादन मिति, म्याद सक्ने मिति र बजार मूल्य उल्लेख नभएको खाद्य निरीक्षक प्रविन तिवारीले जानकारी दिए ।

उद्योगलाई आइतबार सात दिने अल्टिमेट दिँदै उद्योगका कमजोरी सुधार गरी तत्काल विक्रि वितरण गर्न रोक लगाएको थियो । सञ्चालकलाई बयानको लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिएपनि उद्योगका सञ्चालकले अटेरी गर्दै न कार्यालयमा उपस्थित भए न त पानी विक्रि वितरण गर्न नै बन्द गरे ।

आइतबार पाच वटा पानी उद्योगलाई आंशिक रुपमा कारवाही गरिएको थियो । तर, प्राय उद्योगले कार्यालयको निर्देशन एवं खाद्य निर्देशिका पालना गर्न अनाकानी गरिरहेको छ ।

प्रकाशित : २०७७ आश्विन १२, सोमबार २१:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ