आइपिएल : सुपर ओभरमा मुम्बईलाई बेंगलोरले हराए


आइपिएलको दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोडे । जवाफमा बेंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्सले ६ बल खेल्दै लक्ष्य पुुरा गरे ।

सुपरओभर अघि जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेटको क्षतिमा २०१ रन बनाए । पछि खेल सुपर ओभरमा पुगेको थियो ।

मुम्बईका लागि ईशान किशानले सर्वाधिक ९९ र काइरन पोलार्ड ६० रनमा अविजित रहे । बैंग्लोरका इसुरु उडानाले सर्वाधिक २ विकेट लिएका थिए ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । जसमा एबी डी भिलियर्सले अविजित ५५ रन बनाए भने र आरोन फिन्चले ५२ रन जोडे ।

कप्तान विराट कोहली तेस्रो खेलमा पनि असफल भए । उनले मात्र ३ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्टले सर्वाधिक २ विकेट हात पारेका थिए ।

प्रतियोगिता अन्तरगत आज मंगलवार दिल्ली क्यापिटल्स् र सनराइजर्स हैदराबादबिच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार ०७:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ