सिरहामा सशस्त्र प्रहरीद्वारा गाँजा बरामद, तस्कर फरार


मुकेश यादव, लहान : सिरहाको सुखिपुरबाट सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

को २९ प १४८७ नम्बरको अपाचे मोटरसाइकलमा राखेर भारत तस्करी गर्न लागेको १९ किलो गाजा बरामद गरिएको सुखिपुरको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक विदेश मगरले जानकारी दिए । उनका अनुसार तस्कर भने फरार भएका छन् ।

गाँजा तस्करको खोजी भइरहेको प्रहरीले जनाएको छ । कोरोनाका कारण सिमा नाका बन्द रहेपनि तस्करी रोकिएका छैन । पछिल्लो समय झन तस्करी बढेको छ ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार १४:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ