पछिल्लो २४ घण्टामै मंगलबार थपिए १५ सय १३ कोरोना संक्रमित


टुडेखोज, काठमाडौं : पछिल्लो २४ घण्टामै आज पनि १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामध्ये आधा भन्दा बढी काठमाडौंकै छन् । काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगिसकेको छ ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार १६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ