सिरहामा अज्ञात समुहले भत्कायो विद्यालय भवन, पठनपाठन अवरुद्ध !


जयनाथ यादब, लहान : सिरहामा अज्ञात समुहले एक विद्यालयको भवन भत्काएपछि पठनपाठन अवरुद्ध बनेको छ । मिर्चैया नगरपालिका ३ राघोपुरस्थित आधारभूत विद्यालयको नव निर्मित दुई कोठे भवन अज्ञात समुहले भत्काएका हुन् ।

सोमवार राति भवन भत्काएका कारण पठनपाठन अवरुद्ध बनेको विद्यालयका प्रधानाध्यापक देवशंकर यादबले जानकारी दिए । उनले खगेश्वर गोहिबार यादव नेतृत्वको समुहले विद्यालयको भवन भत्काएको आरोप लगाएका छन् ।

उनले तोडफोड गर्ने समुहलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बन्धित निकायसँग माग समेत गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको आपसी विवादका कारण भवन भत्काइएको हुनसक्ने अनुमान गरिएको छ ।

विद्यालयको भवन भत्काएको विषयमा छानविन गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मिर्चैयाका मेयर श्रवण यादले विद्यालय भवन भत्काएको विषयमा गम्भिर आपत्ति जनाउँदै छानविन गरी अपराधीलाई कारबाही गर्न माग गरेका छन् ।

उक्त भवन १६ लाखको लागतमा निर्माण भएको थियो ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार २०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ