खुःशीको खबर : प्रदेश २ मा मंगलवार एकैदिन १२ सय ९ जना कोरोनामुक्त


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा मंगलवार १२ सय ९ जना कोरोनामुक्त भएका छन् ।

सामाजिक विकास मन्त्रालयकाका अनुसार आज १०३१ जना पुरुष र १७८ महिला कोरोनामुक्त भएका छन् । सप्तरीका ४३, धनुषाका १७५, महोत्तरीका २२६, सर्लाहीका २५८, रौतहटमा ३१० र पर्साका १९७ जना कोरोनामुक्त भएका हुन् ।

यस प्रदेशमा हालसम्म १३ हजार ४७८ जनामा कोरोना पुष्टि भयो । जसमध्ये हालसम्म ९ हजार ९४५ जना कोरोनामुक्त भएका छन् । बाँकी संक्रमित आइसोलेसनमा कोरोनासँग संघर्ष गरिरहेका छन् ।

यस प्रदेशमा हालसम्म १३१ जनाको मृत्यु भएको छ । मन्त्रालयको तथ्यांक अनुसार यस प्रदेशमा संक्रमितमध्ये ३ हजार ४०२ जना संक्रिय संक्रमित केस छन् ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार २०:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ