जनकपुरधामकी उपमेयर मिश्रको संयोजकत्वमा परियोजना सल्लाहकार समिति गठन


टुडेखोज, जनकपुरधाम : राष्ट्रिय दलित समाज कल्याण संघ धनुषाले एक कार्यक्रमबीच ‘परियोजना सल्लाहकार समिति’ गठन गरेको छ ।

संघका धनुषा अध्यक्ष रघुनाथ दासको अध्यक्षतामा तथा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रको प्रमुख आतिथ्यमा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । समितिको संयोजकमा रिता कुमारी मिश्र चयन भएकी छन् ।

यस्तै सदस्यहरुमा जनकपुरधाम उपमहानगरपाकिला २५ का वडा अध्यक्ष उमेश यादव, शैलोदेवी पासमान, सकुनदेव पासमान, रघुनाथ दास, टुडेखोज डटकमका पत्रकार कुलदीप दास प्रेम, रामअशिष दास रहेका छन् ।

कार्यक्रम संयोजक अरुण चौधरीले दिगो शान्तिका लागि समानता र अविभेद परियोजनाको बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए । उनले यो संस्था दलितहरुको उत्थानका लागि शिक्षा, स्वस्थ्य, कृषि तथा आर्थिक उपार्जनको क्षेत्रमा कार्य गरिरहेको बताएका छन् ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार २०:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ