विद्युतका ग्राहकसंग जरिवाना नअसुल्न मन्त्री पुनको निर्देशन


टुडेखोज, काठमाडौं : ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलिन निर्देशन दिएका छन् ।

कोरोना भाइरसका कारण गरिएको लकडाउनको समयमा मिटर रिडिङ हुन नसकेका थिएनन् । जसका कारण ग्राहकसँग विद्युत प्राधिकरणले जरिवाना असुल्न थालेको छ ।

जरिवाना लिन थालेपछि ग्राकले गरेको गुनासोपछि मन्त्री पुनःले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

मन्त्री पुनले यसअघि जरिवाना लिइएको भए उक्त रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न पनि निर्देशन दिएका हुन् । प्राधिकरणले मन्त्री पुनको निर्देशन तत्काल कार्यान्वयन गर्ने जनाएको छ ।

जरिवाना असुल्न थालेको गुनासो बढेपछि वीरगन्ज प्राधिकरण कार्यालयमा जनता समाजवादी पार्टीका संघीय साँसद प्रदिप यादबले नेता कार्यकर्ता लिएर आज धर्ना समेत बसेका थिए ।

https://todaykhoj.com/todaykhoj-special/20668
प्रकाशित : २०७७ आश्विन १३, मंगलवार २१:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ