प्रदेश २ : चितुवाको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना घाईते


टुडेखोज, रौतहट : चितुवाको आक्रमणबाट चन्द्रपुर नगरपालिकामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

चन्द्रपुर नगरपालिका ६ चिम्नी टोलका संगम भण्डारीको मृत्यु भएको हो । घाँस काट्न गएका बेला उनीमाथि चितुवाले आक्रमण गरेको थियो । उनको शव आज रंगपुर साझेदारी वनमा आज फेला परेको छ ।

भण्डारी घर नफर्किएपछि १०/११ जना युवाहरु राति जंगलमा खोज्न गएका थिए । जसमध्ये चन्द्रपुर नगरपालिका ६ का २८ वर्षीय अशोक थापा र ३५ वर्षीय प्रबिण श्रेष्ठमाथि पनि चितुवाले आक्रमण गरेको बताइएको छ । उनी दुबै जना घाईते भएका छन् ।

सतेरी जंगलको तीन कुवा भन्ने ठाउँमा उनी दुबै जनामाथि आक्रमण गरेको स्थानीयले जानकारी दिए । घाईते दुबै जनाको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७७ आश्विन १४, बुधबार १४:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ