रेन्सपोन्स टिमलाई २ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण


टुडेखोज, जनकपुरधाम : महेन्द्र नारायण निधी स्मृति प्रतिष्ठानद्वारा संचालित कोभिड क्विक रेसपोन्स टिमलाई नेपाल औषधी उत्पादक संघले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संघले डाक्टरका लागि ज्याकेट, औषधी तथा सेनिटाइजर रेस्पोन्स टिमलाई हस्तान्तरण गरेको हो । रेसपोन्स टिमसँग आवद्ध जीवनाथ चौधरीका अनुसार समान करिब दुई लाख बराबरको रहेको छ ।

संघले सज्जन ठाकुरको विशेष पहलमा सो समान सहयोग गरेको बताइएको छ । रेसपोन्स टिमले हरेक हप्तामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्छ ।

अबदेखि शिविरका लागि चाहिने औषधि समेत उपलब्ध गराउने संघका महासचिव विपल्ब अधिकारीले प्रतिबधता जनाएका छन् ।

प्रकाशित : २०७७ आश्विन १४, बुधबार १४:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ