लहान : इलाका प्रशासनमा सामाजिक दुरी कायम गरेर सेवा प्रदान


जयनाथ यादव/ लहान : सुरक्षा सतर्कता अपनाएर ईलाका प्रशासन कार्यलय लहानले सेवा प्रदान गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यलय सिरहाले १० गते जारी गरिएको स्थानीय प्रशासन ऐनको दफा ६ र ३ संक्रमण ऐन २०२० को दफा ३ र ४ अनुसार सरकारी कार्यालय र संस्थाहरुले सेवा संचालन गर्न आदेश निर्देशन दिएको थियो । सोही बमोजिम सुरक्षा सतर्कता अपनाउँदै सेवा प्रदान गरिरहेको ईलाका प्रशासन लहानका प्रमुख डा. कृष्ण बहादुर घिमिरेले जानकारी दिए ।

उनका अनुसार अहिले ठुलो संख्यामा सर्वसधारण नागरिकता बनाउन आइरहेका छन् । एसइई उत्तिर्ण गरेका विद्यार्थीलाई पढ्नका लागि नागरिकता आवश्यक पर्छ । त्यसैले अहिले नागरिक लिनेको संख्या बढेको छ ।

नागरिकता बनाउन वा अन्य कामका लागि सेवाग्राही १० बजे अगावै कार्यालय पुगेर लाइन लाग्ने गर्छन् । अहिले दैनिक करिब ५०/६० जना सेवाग्राहीलाई नागरिकता प्रदान गर्ने गरेको प्रमुख घिमिरेले जानकारी दिए ।

विद्यार्थी भर्नाको समय कम रहेकाले बेलुका ७ बजेसम्म सेवा दिने गरेको उनको भनाई छ ।

प्रकाशित : २०७७ आश्विन १४, बुधबार १६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ