गृहमन्त्री थापाले स्वीकारे- दैनिक ६/७ जनाको बलात्कार भइरहेको छ, रोक्न सकेनौं


टुडेखोज, काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले मुलुकमा दैनिक ६/७ जनाको बलात्कार भइरहेपनि रोक्न नसकेको स्वीकार गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले देशमा ६÷७ जना हाम्रा दिदी–बहिनी, छोरीहरू बलात्कृत भइरहेको बताए । उनले बलात्कारका घटना रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेको दावी गरे ।

‘कानुनमा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ’, उनले भने, ‘हामीले बनाएका कानुन पर्याप्त छैनन् कि भन्ने प्रश्न उठेको छ । यस विषयमा सबै गम्भिर बन्नुपर्छ ।’

उनले बझाङकी सम्झना कामीलगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याइने आश्वासन दिए । असोज ७ गते बलात्कारपछि हत्या गरिएकी सम्झनाको हत्यामा संलग्न राजेन्द्र बोहोरालाई पक्राउ गरिएको पनि बताए ।

उनले भने, ‘बझाङको घटना होस् कि सिरहा तथा काठमाडौंको, दोषीहरूलाई कानुनको कठघरामा ल्याउन कडा कदम चालिएको छ ।’

सप्तरीमा परिवार र पञ्चायतले बलात्कारको घटनाबारे उजुरी गर्न नदिँदा बालिकालाई आत्महत्या गरेको गृहमन्त्रीले थापाले जानकारी दिए । उनले बलात्कार जस्तो मुद्दामा मेलमिलाप गराउनेलाई पनि कडा कारबाही हुने प्रतिवद्धता जनाए ।

प्रकाशित : २०७७ आश्विन १४, बुधबार १८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ