आइपिएल : राजस्थान रोयल्सलाई हराए कोलकाता नाइट राइडर्स


इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत दुबईमा बुधबार अबेर राति सम्पन्न खेलमा कोलाकाता नाइट राइडर्स विजयी भएको छ ।

राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकाताले विजयी हासिल गरे । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सकेपछि कोलकाता विजयी भए ।

राजस्थानका लागि टम करनले अविजित ५४ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कोलकाताका शिवम मावी, कमलेश नगरकोटी र वरुण चर्कवर्तीले समान दुई–दुई विकेट लिएका थिए ।

पहिले ब्याटिङ्ग गरेको कोलकाताले ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । शुभम गिलले ४७, आन्द्रे रुसेलले २४ र इयान मोर्गनले नटआउट ३४ रन बनाएका थिए ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार ०७:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ