बरियारपट्टीमा अपाङ्गता परिचय–पत्र बितरण सुरु


मुकेश यादव, लहान : सिरहाको बरियारपट्टी गाउँपालिकामा बिहीवारदेखि अपाङ्गता परिचय–पत्र बितरण सुरु गरिएको छ ।

अपाङ्ग तथा अशक्तहरु राज्यबाट पाउने सेवा सुबिधाबाट बञ्चित नहोस् भन्ने उदेश्यका साथ परिचय–पत्र वितरण सुरु गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रंजितजंग अधिकारीले बताए । उनी गाउँपालिकामा आएको दुई सातामै परिचयपत्र वितरण गर्न सुरु गरे ।

बिहीवार एक समारोहबीच गाउँपालिका प्रमुख संतोष कुमार महतोले केहि अपाङ्गलाई परिचयपत्र वितरण गरे । उनले भने, ‘केहि प्राविधिक कारणले अपाङ्गता परिचयपत्र बितरण हुन सकेको थिएन । प्रमुख प्रशासकीय अधिकृत आएपछि सुरु गरेका छौं ।’

अव एक महिना भित्रै गाउँपालिकाका सबै अपाङ्ग तथा अशक्तहरुले परिचयपत्र पाउने प्रमुख महतोले प्रतिवद्धता जनाए । बिहीवार ‘क’ बर्गका ३ जनालाई रातो र ‘ख’ बर्गका २ जनालाई निलो कार्ड वितरण गरिएको गाउँपालिकाका सुचना अधिकारी रामनारयण सिंहले बताए ।

बरियारपट्टी गाउँपालीकाद्वारा आयोजित कार्यक्रममा उपप्रमुख रेखा यादव, नासु विन्देश्वर यादव लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार १८:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ