मन्त्री सोनलद्वारा बलान नदीको स्थलगत निरीक्षण, भने- कटान नियन्त्रण गर्छु


टुडेखोज, सप्तरी : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले सप्तरीको बलान नदीले गरिरहेको कटानको स्थलगत निरीक्षण गरेका छन् ।

सप्तरीको बलान बिहुल गाउँपालिका पुगेर मन्त्री सोनलले नदी कटानको स्थलगत निरीक्षण गरेका हुन् । उनले बाढीबाट प्रभावित स्थानीयसँग कटान नियन्त्रण गर्ने प्रतिवद्धता जनाए । मन्त्री सोनलले स्थानीयको दुःख आफुले अनुभुती गरेको भन्दै प्रदेश सरकारले गम्भीरता पुर्वक चासो लिई आवश्यक कदम चाल्ने बताए ।

यस्तै समाजवादी पार्टीकी संघीय साँसद रेणु यादवले बलान नदी प्रभावित क्षेत्रलाई अगामी दिनमा सुरक्षित गर्न पहल हुने बताईन् । उनले नदि कटान एक ठाउँको समस्या नभई प्रदेश २ कै समस्या भएको हुनाले प्रदेश सरकार र संघीय सरकार गम्भीर हुन जरुरी रहेको बताईन् ।

स्थलगत निरीक्षणमा राष्ट्रिय सभा सदस्य मृर्गेन्द्र सिंह यादव, प्रदेश सांसद अभिषेक यादव, बलान गाउँपालिका अध्यक्ष दयानन्द यादव, उपाध्यक्ष रुबि गुप्ता, जिसस सप्तरी संयोजक प्रभाकर यादव, जसपा नेता गजेन्द्र मण्डल, रमेश यादव, मन्त्रालय सिचाइ शाखा प्रमुख अरुण कर्णलगायतको सहभागिता थियो ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार १९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ