प्रदेश २ : कोरोनाले जनकपुरका ६ बर्षीय बालकसहित तीन जनाको मृत्यु


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट बिहीवार प्रदेश २ मा थप तीन जनाको ज्यान गएको छ । जसमध्ये एक ६ वर्षकै बालक पनि छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार जनकपुरधाम २ का ६ बर्षीय बालकको मोरंगमा उपचारका क्रममा ज्यान गएको हो । विराट मेडिकल कलेजमा उपचारकै क्रममा ति बालकको ज्यान गएको बुझिएको छ ।

यस्तै सप्तरीको विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुष र सिरहाको गोलबजार नगरपालिका २ का ७७ वर्षीय पुरुषको पनि कोरोनाले ज्यान लिएको छ ।

सप्तरीका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार ज्यान गएको छ । उनी उच्च रक्तचाप, मधुमेह र मिर्गाेलाबाट समेत पीडित थिए ।

यस्तै सिरहाका पुरुषको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा गत असोज १० गते नै ज्यान गएको बताइएको छ । ती पुरुष १० गतेभन्दा अगाडि नै उक्त अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार १९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ